Breaking

खोलाले बगाएर एक वृद्ध बेपत्ता



काठमाडौँ – खोलाले बगाएर शुक्रबार एक वृद्ध बेपत्ता भएका छन् । तनहुँको व्यास नगरपालिका–९, माझफाँटमा स्थित कलेस्ती घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती वृद्धको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।