Breaking

दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुँदैन : प्रधानमन्त्री


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट नभएको बताउनु भएको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने चेतावनीसमेत दिनुभएको हो ।

यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकतानहुने भन्दै ओलीले कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट नभएको बताउनुभयो । ओलीले यो कुरा किमार्थ स्वीकार्य नभएको र त्यसो गर्नु पार्टी फुटको घोषणा भएको बताउनु भएको हो ।