Breaking

सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गलत हो : वामदेव गौतम



काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताउनुभएको छ। आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताउनु भएको हो ।

मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने बताउदै गौतमले मुख्य नेतालाई अपमान गरेर एकता नहुने बताउनु भयो । एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने गौतमले बताउनुभयो । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम भएको र , अहिले पनि अवस्था उस्तै रहेको बताउदै उहाँले वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने बताउनुभयो ।

सार्थक निष्कर्षमा पुर्याउनुपर्ने अन्यथा एमाले सबै समाप्त हुने गौतमले बताउनुभयो । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उहाँले बताउनु भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ ।