Breaking

१० लाख डोज खोप लिन असार २४ गते बेइजिङ जादै नेपाल एयरलाइन्सको जहाज



काठमाडौँ –सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरे अनुरुप खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ । आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

असार २४ गते बेइजिङ जाने तयारी रहेको निगमले जनाएको हो । खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताइएको छ । चीनबाट ल्याउन लागिएको उक्त खोप नन डिस्क्लोजर एग्रिमेन्टु अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।

नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ुनन डिस्क्लोजर एग्रिमेन्टु अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन। यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ।

जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ। उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ।